Monday, October 27, 2025

दर्लम महाकाली मन्दिरमा रथ यात्रा कार्तिक १७ गते हुने



पाल्पा — लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको उत्तरी क्षेत्र, बगनासकाली गाउँपालिका–५ मा अवस्थित श्री दर्लम महाकाली मन्दिरमा हरेक वर्षको परम्परागत रथ यात्रा कार्यक्रम यस वर्ष वि.सं. २०९२ कार्तिक १७ गतेका लागि तय गरिएको छ। मन्दिर संरक्षण समितिका अध्यक्ष श्री ङणराज गैरेका अनुसार, मन्दिरमा महाकाली शिला भित्र्याइएको दिन वि.सं. २०१० को कार्तिक शुक्ल त्रयोदशी भएकाले सोही तिथिलाई रथ यात्रा दिवसको रूपमा मनाउने परम्परा रहिआएको छ।

मन्दिरको उत्पत्ति र धार्मिक पृष्ठभूमि

पदमपाणी गैरेका पूर्वजहरूले पुस्तौंदेखि महाकालीको आराधना गर्दै आएको परम्परालाई निरन्तरता दिँदै वि.सं. २००० मा माटोको मूर्ति स्थापना गरी पूजा आरम्भ गरिएको थियो। वि.सं. २०१० को कार्तिक शुक्ल त्रयोदशीको राति पदमपाणी गैरे सहित मलेंग निवासी हुमकान्त बश्याल लगायतलाई महाकाली माताले सपनामा दर्शन दिई “यहाँभन्दा २०० फिट तल सपांग्दीमा म दर्शन दिनेछु” भनी सन्देश दिनु भएको थियो। सोही स्थानमा उत्खनन गरी प्राप्त शिलालाई मन्दिरमा भित्र्याई नियमित रूपमा पाञ्चायन, रुद्राभिषेक, हवन आदि विधिपूर्वक पूजा गरिँदै आएको छ।

मन्दिर निर्माणको प्रेरणा र विकास यात्रा

वि.सं. २०४८ साल कार्तिक २२ गते राति श्री पदमपाणी गैरेका सातौँ सुपुत्र श्री ङणराज गैरेलाई माताले प्रत्यक्ष दर्शन दिई मन्दिर निर्माणको सम्पूर्ण प्रक्रिया बताउनु भएको थियो। माताले गोरखा स्थित मनकामना मन्दिर आफ्नो अंश भएको उल्लेख गर्दै त्यही ढाँचामा मन्दिर निर्माण गर्न तथा मन्दिर क्षेत्रलाई सार्वजनिक पूजा स्थल बनाउने निर्देशन दिनु भएको थियो।

यसै अनुरूप, वि.सं. २०५३ सालको आश्विन शुक्ल नवमीका दिन शिलान्यास गरिएको विशाल प्यागोडा शैलीको कलात्मक मन्दिरको निर्माण कार्य सम्पन्न भइसकेको छ। मन्दिर परिसरमा श्री गणेश मन्दिर, श्री भगवती पञ्चायत मन्दिर, श्री शिव मन्दिर, श्री लक्ष्मीनारायण मन्दिर, यज्ञमण्डप, हवनकुण्ड, वेदविद्यापीठ तथा भण्डार कक्ष निर्माण गर्ने गुरु योजना रहेको छ। केही संरचनाहरू निर्माण भइसकेका छन् भने अन्य कार्यहरू प्रगतिमा छन्।

व्यवस्थापन र भक्तजनहरूमा आह्वान

मन्दिर क्षेत्रलाई तिर्थस्थलको रूपमा विकास गर्दै यसको धार्मिक महत्वलाई अक्षुण्ण राख्न वि.सं. २०४७ साल भाद्र २४ गते तत्कालीन पाँच गाउँ विकास समितिका प्रतिनिधिहरूको सहभागितामा १७ सदस्यीय “श्री दर्लम महाकाली भगवती मन्दिर निर्माण तथा सञ्चालन समिति” गठन गरिएको हो। समितिबाट मात्र सम्पूर्ण कार्य सम्पन्न गर्न सम्भव नभएकाले श्रद्धालु भक्तजनहरूको सहयोग र सहभागिता अपेक्षित गरिएको छ।










Monday, October 13, 2025

फरार कैदीलाई कुनै पनि सरकारी सेवा नदिन पत्राचार, ५५४७ जनाको सूची सार्वजनिक

 कारागार व्यवस्थापन विभागले कारागारबाट भागेका पाँच हजार पाँच सय ४७ जनाको विस्तृत सूची सार्वजनिक गरेको छ । यो सूची सबै सरकारी कार्यालयमा पठाएर उनीहरुलाई कुनै पनि सरकारी सुविधा नदिन र आएमा सुरक्षा निकायलाई खबर गर्न भनिएको छ । 

फरार हुनेमापाँच सय ४० जनाभारत १०९ अन्य देशकाविदेशीनागरिक छन् ।

२४ गते जेलबाट नौ हजार चार जना भने फिर्ता भइसकेको विभागले जनाएको छ ।



 फरार कैदीकाे विवरण



Saturday, February 24, 2024

मानव कल्याण मित्र मंच नेपालको प्रथम विशेष साधारण सभा सम्पन्न



फागुन १२,  बुटवल। 

मानव कल्याण मित्र मंच नेपालले आज तिलोत्तमाको दरवार लान पार्टी प्यालेसमा आफ़्नो पहिलो विशेष साधारण सम्पन्न गरेको छ। यस  सभाले  संस्थालाई विभिन्न शाखा उपशाखा खोल्नको लागि आफ्नो विधानमा सुधार गर्ने अनुमति दिएको छ। विभिन्न स्थानबाट शाखा खोल्न माग भएतापनि विधानमा सुधार नगर्दा सम्भव भएको थिएन।   

संस्थाले विगत ५ वर्ष देखि विशेष गरी प्रवास भारतमा अलपत्र परेका अलपत्र महिला, पहिचान बिना भारतक अनाथ बालकेन्द्रमा अलपत्र बालबालिकाहरुललाई नेपाल स्थित स्थानीय प्रशासन तथा प्रहरी प्रशासनकोरोहवरमा घर परिवारमा  जिममा लगाई पुनर्मिलन गर्ने कार्य गर्दै आएको छ। 

यस संस्थाका संस्थापक तथा वर्तमान अध्यक्ष दुर्गा प्रसाद अर्यालले विगत ३० औं वर्षदेखि भारतको दिल्लीबाट यस्तै मानवीय सेवा गर्दै आउनुभएको छ। प्रवासी नेपाली मित्र मंच नेपालको नाममा विगत देखि हजारौँ अलपत्र बालक, पिडित महिला, दुखि गरीबको  उद्धार गरी नेपाल पठाई परिवारमा मिलन गराउन प्रवासी नेपाली मित्र मंच भारतको नाममा भारतीय रेल्वेको जागीरबाट समय निकालेर नेपालीको सेवामा आफ्नो जीवन लगाउनुभएको थियो । हाल आएर भारतको संस्था प्रवासी नेपाली मित्र मंच को नाम परिवर्तन गरी मित्र मंच मानव कल्याण भारत परिवर्तन गरिएको छ।  

संस्थामा आवद्ध हुन साधारण सदस्यता तथा आजीवन सदस्यता लिन सकिने अध्यक्ष अर्यालले बताउनुभयो।  संस्थाले छिट्टै राष्ट्रिय रुपमा काठमाडौँमा कार्यक्रम गर्ने योजना बनाएको संस्थाका संरक्षक पुरुषोत्तम भट्टराईले बताउनुभयो। 








श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *