‘लुट्न सके लुट ...’ गीतका कारण विवादमा छन् गायक पशुपति शर्मा । सिर्जनाकै कारण अक्सर चर्चा र बेला–बेलामा विवादमा आउने पात्र हुन् शर्मा । देश, काल र परिस्थितिलाई शब्दमा उतारेर जनप्रिय गीत गाउने स्रष्टा शर्माको पछिल्लो गीत ‘लुट्न सके लुट ...’ राजनीतिक कोपभाजनको शिकार बनेको ठानिएको छ । सरकार विरोधीले सरकारकै दबाबका कारण शर्माले यू–ट्युबबाट गीत हटाएको दावी गरिरहँदा शर्माले भने ‘स्व–इच्छा’ले भनेका छन् । सत्तारुढ नेकपाका कार्यकर्ताले शर्माको ‘नियत’मै प्रश्न उठाएर आलोचना गर्दा सरकार विरोधी कित्ताले सरकारले अभिव्यक्ति स्वतन्त्रता छिन्न खोजेको आरोपसमेत लगाएका छन् । खासमा यो प्रकरण के हो ?, शर्माले गलत नियतले नै गीत बनाएका हुन या अनावश्यक उचालिएको हो ? अव गीत परिमार्जन हुन्छ कि हुँदैन ? जस्ता प्रश्नको जवाफ शर्माले न्यूज–२४ टेलिभिजनमार्फत दिएका छन् ।
Subscribe to:
Post Comments (Atom)
श्लोक /स्तोत्र - नित्य पठण
-
पाल्पा — लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको उत्तरी क्षेत्र, बगनासकाली गाउँपालिका–५ मा अवस्थित श्री दर्लम महाकाली मन्दिरमा हरेक वर्षको परम्परा...
-
कारागार व्यवस्थापन विभागले कारागारबाट भागेका पाँच हजार पाँच सय ४७ जनाको विस्तृत सूची सार्वजनिक गरेको छ । यो सूची सबै सरकारी कार्यालयमा पठा...
-
ओशोले मलाई नेपाल आउने पहिलो मिति दिनुभएको थियो, सन् १९७० मा। म त्यतिबेला विहारको पटना विश्वविद्यालयमा इन्जिनियरिङ पढ्दै थिएँ। मैले उहा...
No comments:
Post a Comment