पूर्वको पाँचथरदेखि पश्चिमको बैतडीसम्म फैलिएको मध्यपहाडी लोकमार्गमा पर्ने गरी सरकारले विकास गर्न लागेको १० वटा नमूना सहरमध्ये हामी यो साता तेह्रथुम जिल्लाको बसन्तपुरमा पुगेका छौं । खरबौं लगानी गरेर विकास गरिने मध्यपहाडी सडक र त्यो सडकमै पर्ने गरी बन्न लागेको नमूना सहरले सुविधा खोज्दै तराईतिर बसाइँ सर्ने क्रमलाई रोक्ने नीति निर्माताहरुको भनाइ छ । के मध्यपहाडी सडक र नयाँ सहरको योजनाले पहाडमा रित्तिदै गएको घर र बाँझो जमिनलाई हराभरा पार्ला? मध्यपहाडी सडक र नमूना सहरले पहाडमा कस्तो उत्साह थपेको छ? छलफलका लागि हामी मध्यपहाडी लोकमार्गको म्याङलुङ--हिले सडक खण्डअन्तर्गत पर्ने बसन्तपुरमा छौं । बसन्तपुर सरकारले विकास गर्न लागेको १० वटा नमूना पहाडी सहरमध्येको एउटा हो । तेह्रथुमका करीव एक सय पचास सहभागीहरुको बीचमा छलफलका लागि हामीसँग शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शम्भु केसी र मध्यपहाडी लोकमार्गको पूर्वी खण्डमा कार्यरत इन्जिनियर सुरेश तुम्बाहाम्फे हुनुहुन्छ ।
Subscribe to:
Post Comments (Atom)
श्लोक /स्तोत्र - नित्य पठण
-
दिलिप पौडेल , बाग्लुङ कार्तिक १६, कालीगण्डकी नदीमा मुलुककै सबैभन्दा उचाइको झोलुंगे पुल निर्माण गरिएको छ। बागलुङको दक्षिणी क्षेत्रका करिब ए...
-
When it comes to peeling potatoes, the use of conventional methods can be a time consuming and tedious task. Fortunately, popular YouTuber D...
No comments:
Post a Comment