स्थानीयद्वारा मस्जिदमा ताला-(नागरिक दैनिक)
टेकनारायण भट्टराई, पाल्पा, भदौ २६- अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा रहेको एक मस्जिदमा नवाज पढ्ने विषयमा विवाद उत्पन्न भएपछि झडप हुँदा सात जना घाइते भएका छन्। अहिले सन्धिखर्कमा तनाव भइरहेको त्यहाँका प्रहरी नायव उपरीक्षक बुद्धिबहादुर गुरुङले नागरिकन्युजलाई बताए।
सन्धिखर्क– ९ शङ्खेटारीमा रहेको मस्जिदमा इदुल फितरको अवसरमा नवाज पढ्न जम्मा भएका करिब ४० जना मुस्लिम धर्मावलम्वीबीच आपसमा झडप भएको हो।
प्रहरी नायव उपरीक्षक गुरुङका अनुसार एक पक्षले मस्जिदमै समूहिक नवाज पढ्ने र अर्को पक्षले घरघरमा पढ्ने भन्ने विवाद भएपछि दुई पक्षबीच तनाव भएको हो।
'नवाज पढ्नेबीचमा दुई पक्ष भएर लडाई भएछ। प्रहरी परिचालन गरी नियन्त्रणमा लियौं। केही जिल्ला अस्पतालमा भर्ना छन्'- गुरुङले तनाव अझै बढ्न सक्ने भन्दै सुरक्षा व्यवस्था कडा परिएको बताए।
झडपमा परी २५ वर्षीय कमरदिन मिया, ४० वर्षीय अन्मरदिन मिया र १८ वर्षीय सोनु खातुन गम्भीर घाइते भएका बताइएको छ। अन्य तीन जना सामान्य घाइते रहेका प्रहरीले जनाएको छ।
स्थानीयले मस्जिदमा तालाबन्दी गरिदिएपछि तनाव झनै बढ्ने देखिएको छ। मस्जिद क्षेत्रका व्यापक प्रहरी परिचालन गरिएको छ।
Subscribe to:
Post Comments (Atom)
श्लोक /स्तोत्र - नित्य पठण
-
पाल्पा — लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको उत्तरी क्षेत्र, बगनासकाली गाउँपालिका–५ मा अवस्थित श्री दर्लम महाकाली मन्दिरमा हरेक वर्षको परम्परा...
-
कारागार व्यवस्थापन विभागले कारागारबाट भागेका पाँच हजार पाँच सय ४७ जनाको विस्तृत सूची सार्वजनिक गरेको छ । यो सूची सबै सरकारी कार्यालयमा पठा...
-
I bid my Pranama to the mother goddess Shailaputri having half moon in her forehead, mounting the bullock and holding lance in her hand, t...
No comments:
Post a Comment