कृष्ण बाउसे
|
तिमी मेरो मित्र हुन सकेनौ
म कसैलाई शत्रु बनाउने सोचमा छैन कृपया मलाई निरपेक्ष रहन देऊ.....तटस्थ रहन देऊ । मनभरि मुठ्ठीको माखो बनाउने माकुरेजाल बुन्दै मलाई अझ प्रगाढ मित्रता को मन्द विष नपिलाऊ । नियतिको सिकार भएको म एक्लै रुन चाहन्छु सान्त्वनाको निहुँ पारेर मेरो मझेरीमा तिम्रा कलुशित बुटहरू नबजाऊ । थाहा छ- एकपल्ट आफन्त ठानेर सहयोगको भीख मागें भने तिमीसँग तिमीले मेरो सिरिखुरीमै आँखा गाड्नेछौ र मलाई मेरै घरमा सधैँको लागि मगन्ते बनाउने छौ । त्यसै भएर तिमीले चुम्बा खान खोज्दा पनि विष-कन्याको गन्ध आएको हो मलाई मौकामा घाँटी निचोर्न खोजेर बेमौकामा अँगालो मार्न खोज्ने तिम्रो बानी सम्झँदा एउटा सुधो गाई र छट्टु ब्वाँसोको सम्झना भएको छ मलाई । तिमी मेरो मित्र हुन सकेनौ म कसैलाई शत्रु बनाउने सोचमा छैन सम्बन्ध त्यस्तो पनि छ, हुनसक्छ अपरिचितहरूको जस्तो सम्बन्ध । कृपया मलाई निरपेक्ष रहन देऊ........तटस्थ रहन देऊ । पोष्टबक्स नं.४५२५, काठमाडौँ |
Friday, September 17, 2010
सम्बन्ध त्यस्तो पनि त हुनसक्छ
Subscribe to:
Post Comments (Atom)
श्लोक /स्तोत्र - नित्य पठण
-
पाल्पा — लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको उत्तरी क्षेत्र, बगनासकाली गाउँपालिका–५ मा अवस्थित श्री दर्लम महाकाली मन्दिरमा हरेक वर्षको परम्परा...
-
कारागार व्यवस्थापन विभागले कारागारबाट भागेका पाँच हजार पाँच सय ४७ जनाको विस्तृत सूची सार्वजनिक गरेको छ । यो सूची सबै सरकारी कार्यालयमा पठा...
-
ओशोले मलाई नेपाल आउने पहिलो मिति दिनुभएको थियो, सन् १९७० मा। म त्यतिबेला विहारको पटना विश्वविद्यालयमा इन्जिनियरिङ पढ्दै थिएँ। मैले उहा...
No comments:
Post a Comment