Friday, September 17, 2010

बाजेको व्यथा



मधुपर्क असोज , २०६७
- क्षेत्रप्रताप अधिकारी
जिन्दगी फुलेन भनूँ भनेँ
कपाल पनि फुल्यो
फुल्यो भनूँ भनेँ
पेटभरि दुई छाक
दाल भात पनि फुलेन
सधैँ गुनासो सधैँ गनगन
कति थुमथुम्याउने यो मन
अब त आँत पनि सुकिसक्यो कान्छा
अब त गाउँघर दुखिसक्यो कान्छा Û
असी वर्षको यो यात्रामा
श्री तीनदेखि प्रचण्डसम्म
अनेक अनुहार देखियो
सबैबाट -
सुमधुर आश्वासन पाइयो
र, आशाखेतीका गीतहरु गाइयो
तर यो बस्तीमा
सिन्को पनि भाँचिएन
यो नूर त झन्झन् झुक्यो नि कान्छा
बस्ती त झन्झन् दुख्यो नि कान्छा Û
पहिले पनि दुखियाको
घरमा एक थोपो भुटुन र
हरमा एक सरो भोटो थिएन
तर शान्ति सुरक्षा थियो
आधा पेट खाए पनि
पेटभरि सुत्न पाइन्थ्यो
तर अहिले त
कुनै पनि क्षण
मेरो नाति अपहरण हुन सक्छ
मेरी नातिनी बलात्कार हुन सक्छे
त्रासदी ढोकामा ढुकिरहेछ कान्छा
मान्छे त झन्झन् दुखिरहेछ कान्छा Û
भ्रष्ट हरौटे भष्मासुरहरु
सत्ताको स्वाद चाटिरहेछन्
त्रस्त निमुखा नागरिकहरु
अराजक कहर काटिरहेछन्
के सहर के गाम
जताततै चक्का जाम
यतै बन्द उतै बन्द
गति मति सबै मन्द
जब बेथिति बढ्दै जान्छ
तब राष्ट्रले फेल खान्छ
संसार हामीलाई थुकिरहेछ कान्छा
देश त असाध्य दुखिरहेछ कान्छा Û 

No comments:

Post a Comment

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *

Baganaaskali Palpa Census 2078